Like us!
Follow us!
Connect us!
Watch us!

शेखर गोल्छा : "देश सकारात्मक दिशातर्फ अघि बढोस्, हामी अझै सशक्त रूपमा लगानी गर्न तयार छौं"

अर्थ संसार

शुक्रबार, २७ भदौ २०८२, १० : १५ मा प्रकाशित

शेखर गोल्छा : "देश सकारात्मक दिशातर्फ अघि बढोस्, हामी अझै सशक्त रूपमा लगानी गर्न तयार छौं"

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा वरिष्ठ उद्यमी शेखर गोल्छाले हालै केही व्यवसायीमाथि भएका आक्रमणबाट आफ्नो परिवार पनि प्रभावित भएको बताए पनि आफू निराश नभएको स्पष्ट पारेका छन्।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै उनले देशमा सकारात्मक परिवर्तन र नयाँ पुस्ताले देखेको "नयाँ नेपालको सपना" पुरा होस् भन्ने कामना गरेका छन्।

"म र मेरो परिवार विचलित भएको छैन," गोल्छाले भनेका छन्, "आजको सुनौलो विहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामना गर्दै हामी अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिवद्ध छौं।"

उनले अन्धकारपछि आउने उज्यालोलाई आशाको प्रतीकका रूपमा व्याख्या गर्दै सबै नेपालीबीच सद्भाव र एकता कायम गर्न बल मिलोस् भन्ने शुभेच्छा प्रकट गरेका छन्।

गोल्छाले अघिल्ला राजनीतिक अस्थिरता र हिंसात्मक घटनाले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावप्रति चिन्ता व्यक्त गर्दै पनि उद्यमी–व्यवसायीहरूले अझै हौसला र दृढ संकल्पका साथ अगाडि बढ्नुपर्ने सन्देश दिएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको