व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्। उनलाई काठमाडौंको नक्साल क्षेत्रबाट पक्राउ गरिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका गोल्छालाई विवादित सेयर कारोबार प्रकरणसँग सम्बन्धित अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको जनाइएको छ।
उक्त प्रकरणमा नेपाल धितोपत्र बोर्ड ले तयार पारेको जाँचबुझ तथा सुपरिवेक्षण प्रतिवेदनमा गोल्छासहित पाँच जनाबीच मिलेमतो भएको आशंका उल्लेख गरिएको छ। सोही प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाइएको र त्यसकै क्रममा पक्राउ गरिएको स्रोतले जनाएको छ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस