अर्थविद्हरुले मुलुकलाई अहिलेको चूनौतिबाट पार लगाउनको लागि नयाँ सरकारले गम्भीर कदम चाल्नुपर्ने सुझाव दिएका छन् । नयाँ सरकारलाई खर्च कटौती, पारदर्शीता र सानो टिम बनाएर काम गर्न उनीहरुको सुझाव छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनीहरुले देशमै रोजगारी सिर्जना गर्न, पुँजी पलायन रोक्नेगरि कदम चाल्नपनि सुझाव दिएका छन् ।
बरिष्ठ अर्थविद् चन्द्रमणि अधिकारीले नेपालको अर्थतन्त्र ६१ खर्बमा आधा अहिले नोक्सानी भएको टिप्पणी गरेका छन् । उनले भने,‘राष्ट्र अहिले अप्ठ्यारोमा छ । यसलाई कसरी जोगाउने ? राष्ट्रलाई डुब्न लागेको डुंगालाई उतारेको जसरी जोगाउनुपर्छ ।’ उनले जेन–जी पुस्ताको आन्दोलनमा मृत्युवरण गरेकाहरुको रगतले, जीवनको सहादतले जुनखालको परिवर्तन खोजेको छ त्यहीअनुसार सबैजना लाग्नुपर्नेमा जोड दिएका छन् ।
उनले अब सबैले व्यक्तिगत स्वार्थ त्याग्नुपर्नेमा जोड दिए । उनले अहिलेको आन्दोलन पुस्तान्तरणको माग भएकोले अब सोहीअनुसार चल्नुपर्ने बताए । उनले भने,‘हाम्रो अर्थतन्त्र सुस्त थियो । अर्थतन्त्र विकृतिले भरिएको थियो । भ्रष्टाचारले ग्रसित थियो । मन्दी थियो । युवाहरु अर्थतन्त्रप्रति सन्तुष्ट थिएनन् । घुपैठको कारण आन्दोलनलाई बदनाम गर्ने काम भयो, नोक्सानी धेरै भयो । परिपूर्ति गर्ने तरिका अब गम्भीरतापूर्वक कदम चाल्नुपर्छ ।’
उनले यो जेन–जी आन्दोलनले अब शासकहरुलाई पक्कैपनि भ्रष्टाचार गर्ने कुरा चार चोटी सोच्न बाध्य बनाएको टिप्पणी गरे । यो आन्दोलनको क्रममा २५ अर्ब रुपैयाँ त होटेल सेक्टरको क्षति भएको कुरा बाहिरिएको उल्लेख गर्दै अहिलेको क्षतिको बिमाले धान्न नसक्ने भन्ने कुरा आएको पनि स्मरण गराए ।
यसअघि कोभिड महाव्याधिमा पनि बिमाले भुक्तानी गर्न नसकेको कुरा अधिकारीले सुनाए । उनले भने,‘हाम्रा उद्योग जलेको छ । सम्पदा जलेको छ । सुरक्षाकर्मीको कार्यालय, मिडिया, कार्यपालिका, न्यायापलिाका, व्यवस्थापिका सबै क्षेत्रमा असर गरेको छ । हाम्रो अर्थतन्त्र ६१ खर्बको छ, त्यसको आधा जति नोक्सान भएको छ । हाम्रा सूचना, सम्पदाको नोक्सान भएको छ । दस्तावेजको नक्सान भएको छ । प्रमाणको नोक्साना भएको छ । यसले हाम्रो बजेटको २ वर्षको क्षति भएको छ । एक हप्ता अर्थतनत्र ठप्प छ । दैनिक नोक्सानी भएको छ । अब स्रोतको कमी हुन्छ । रोजगारी गुमेको छ । गरिबी बढेर जान्छ । युवा पलायन हुने खतरा छ,। बाहिर जाने क्रम बडेर जान्छ ।’ उनले वर्तमान सरकारलाई समयमा निश्पक्ष, पारदर्शी ढंगले र सबैको सहभागिता हुनेगरि चुनाव गराउन आग्रह गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेन्द्र मल्लले अहिलेको आन्दोलनको कारण नेपालको अर्थतन्त्रमा ठूलो वज्रपात भएको भएपनि आफूहरु नभाँचिएको स्पष्ट पारे । उनले भने,‘हाम्रो मुलुकमा पटक–पटक हरेक १० वर्षमा उथलपुथल भयो । भूकम्प, कोभिडपछि अहिले फेरि ठूलो उथलपुथल भयो। हाम्रो अर्थतन्त्र विस्तारै तँग्रिँदै थियो, फेरि ठूलो वज्रपात भयो । नेपालमा आर्थिक स्थायत्वि डगमगायो, हल्लियो । हामी भाँचिएका छैनौं । निजी क्षेत्र दरिलो रूपमा अघि बढ्न तयार छ । निजी क्षेत्रलाई स्वदेशमा काम गर्ने वातावरण गर्नुपर्छ ।’
उनले निजी क्षेत्रमा आक्रामण गर्ने काम भएको भन्दै दुःखेसो पोखे । सिंहदरबार, राष्ट्रपति कार्यालय, संसद भवन, सर्वोच्च अदालतजस्ता भवनको पूर्वाधार पनि नेपाली जनताले थोपा थोपा योगदान गरेर बनाएको उनले स्मरण गराए । उनले भने,‘तोडफोड, आगजानी जसले गरेको हो त्यसलाई कानूनी दायरमा ल्याउनुपर्छ । जेन–जी आन्दोलनमा घुसपैठ भएको कुरा आएको छ, जसले गल्ती गरेको छ उसलाई सजाय हुनुपर्छ ।’
उनले देशमा नेतृत्वमा पुगेकाहरुले मपाईंत्व गरेको र बुढो भएपछि पनि समयमा रिटायरमेन्ट नलिएको भन्दै यसअघिको विकृतिको भण्डाफोर गरे । यसअघिका सरकारले विज्ञहरुको सल्लाह, सुझाव ग्रहण नगरेको भन्दै नयाँ सरकारले सबैको राय, सल्लाह र सुझाव लिनुपर्नेमा उनको भनाई छ ।
नेपालमा भएका आन्दोलनमा आर्थिक क्षेत्र जहिल्यैपनि तहसनहस हुने गरेको मल्लले स्मरण गराए । अब प्रत्यक्ष निर्वाचित कार्यकारी भयो भयो भने खर्च कम हुने उनको तर्क छ । अब तडकभडकभन्दा चुस्तदुरुस्त सरकार चाहिने उनले बताए । उनले भने,‘यो चुनावी सरकार हो । जेन–जी पुस्तालाई राहत दिनुपर्छ । मृत्युवरण गरेकालाई शहीद घोषणा गर्नुपर्छ ।’
उनले अब देशमा लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए । विदेशबाट आएको पैसा बैंकमा राख्ने भन्दापनि अब राष्ट्रिय पूर्वाधार निर्माण, जलविद्युत परियोजनामा लगानी गर्न सुझाए । उनले युवा जनशिक्तलाई स्वदेशमा काम गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए । उनले भने,‘अब सरकार थिंक–ट्यांकअनुसार चल्नुपर्छ । हाम्रो सेवा समयमा होस । मुलुक अगाडि बढ्छ ।’
अर्थशास्त्री दिलनाथ दंगालले समस्यामा रहेको नेपालको अर्थतन्त्रमा झनै चूनौति थपिएको बताए । उनले भने,‘अहिले भयावह स्थिति छ । सबभन्दा ठूलो कुरा निजी क्षेत्र, अत्यन्तै धेरैलाई रोजगार दिएको क्षेत्र हो । निजी क्षेत्र दुःखी छ । हामीसँगको कुराकानीमा उहाँहरुले अब नेपालमा बसेर लगानी गर्ने आधार के ? भ्रष्टाचार गरे सरकारले गर्ने हो । कुशासन र अनियमितता सरकारी क्षेत्रमा हुन्छ, हामीलाई किन आक्रामण । रोजगारी कटौती । भाटभटेनी, गाडीका सोरुम तहसनहस भएका छन् । आन्दोलनमा होमिएकाहरुले पनि रोजगारी गुमाउनेुपर्छ । सफ ागर्न धेरै दिन लाग्छ । ऐतिहासिक दस्तावेज जलेका छन् । खरानीमात्रै भएको छ । ६० अर्ब बराबरको वरिपरिमा बिमा घाटामा जान्छ । नोट ः २० प्रतिशत नोट जलेका छन् । चलनचल्तीको नोट जलेका छन् । यसले अर्थतन्त्रलाई असर पारेको छ । डलर पनि जलेको छ । बजेटको २० प्रतिशत पुँजीगत खर्च । विकास खर्च शून्यमा आउँछ । निजी क्षेत्रबाट आउने राजश्व गुम्छ । राज्यले सब्सिडी दिएर निजी क्षेत्रलाई बचाउनुपर्छ । विदेशी पर्यटक आउने सम्भावना कम देखिन्छ । युवा पलायन रोक्न सकिँदैन । नेपालमा बस्छु भन्नेहरु युवाहरु पनि देश छोड्ने । अध्ययन र रोजगारको लागि जान्छ ।
कृषि क्षेत्रमा धेरै नकारात्मक देखिएको छैन। रेमिट्यान्स आउने कुरामा, बाहृय क्षेत्र धेरै नकारात्मक हुँदैन होला ।
अर्थतन्त्र आन्दोलन हुनुअघिको दिनसम्म पुर्याउनको लागि नै २० वर्ष लाग्छ । यस्ता घट्नाबाट पाठ सिक्ने हो भने पूननिर्माणमा जान सक्छौं । सानो र छरितो सरकार बन्नुपर्छ । सरकारको खर्च कटौती गर्नुपर्छ । मन्त्रालयगत खर्च कटौती ।
गृह मन्त्रालय जिम्मा लिनुहुन्छ, ७० प््रतिशशत सिसिटीभी फुटेज । भ्रष्टाचार कम होस । लस भएको सम्पत्ति लिनुछर्प । आन्तरिक उत्पादन गर्नुपर्छ । बिग पुसको आवश्यकत्ता । आन्तरिक र बाहृय ऋण लिएर कदम चाल्नुपर्छ ।
अर्थविद् डा. गोपिलाल न्यौपाने :कलम बोक्ने कलिला हातले परिवर्तन ल्याउनुभयो । परिपक्व निर्णय हो–प्रम सुशिला कार्कीलाई बनाउनुभयो । यो ६ महिना सरकार हो । यसबाट धेरै अपेक्ष ागर्न सकिँदैन । साना साना कुराको अपेक्ष ागर्न सक्छौं । महसुस गराउने काम गर्नुपर्छ ।
यो सरकारले खर्च कटौती गरोस । गाडी नकिनोस । नयाँ फर्निचर नकिनोस । जनता गुन्द्रीमा बस्न नसक्ने अवस्था छ । विलाषिता । विदेशी भ्रमण नगरोस । सरकारी पैसामा । व्युरोक्रेसीलाई पनि भ्रमणको स्विकृत नदिईयोस । संसारले सुशिला कार्कीलाई चिनेको छ । अन्तर्राष्टिय रुपमा लेवर ड्रिवन कन्टी हो । इन्टरनेश्नल कम्युनिटीमा साख बढाउने नसोच्नुहोस । तारे होटलमा गोष्ठी नगर्नुहोस ।
सल्लाहकार सानो राख्नुहोस । जागिर खुवाउने काम नगर्नुहोस । चुनावमा खर्च क मगर्न ः चुनावलाई डिजिटलाईजेशन गर्नुहोस । ७ प्रदेश छ, ७ दिन चुनाव गराईदिनुहोस । मौद्रिक नीति परिवर्तन गर्न सक्छ, गभर्नरलाई राजीनामा दिएर बाटो खोलिदिनुहोस । कांग्रेस र एमालेले नियुक्त गरेको, कांग्रेसको कार्यकर्ता हो । कांग्रेसी कार्यकर्ता यो देशले महत्वपूर्ण ठाउँमा । राजनिामा दिएपछि मौद्रिक नीति परिवर्तन हुनसक्छ । कांग्रेस, एमाले, माओवाद्यकिो खाता फ्रिज गर्नुपर्छ । राप्रपवाको पनि खाता सिज गर्नुहोस । अथाह पैसा भएकोले चुनाव जित्छन् । सिद्धान्तको आधारमा चुनाव होस ।
निजी क्षेत्र त्राहिमाम भएको छ । क्यापिटल फ्लाईट हुनसक्छ । पुँजी पलायन रोक्नको लागि संयन्त्र बनाउनुहोस । विदेशी नागरिकता लिन्छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस