Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नर पौडेलविरुद्धको रिटमा सुनुवाइ हुँदै

अर्थ संसार

मंगलबार, २० जेठ २०८२, १० : ४५ मा प्रकाशित

गभर्नर पौडेलविरुद्धको रिटमा सुनुवाइ हुँदै

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनको आज  सुनुवाइ हुनेछ।

गभर्नर पौडेलको योग्यता र नियुक्ति प्रक्रियामा प्रश्न उठाउँदै परेको रिटमा आज दोस्रो पटक सुनुवाइ हुन लागेको हो।

निवेदकले गभर्नर पौडेललाई नयाँ नोटको प्रचलनमा हस्ताक्षर गर्नबाट रोक्न माग गर्दै रिट दायर गरेका छन्। निवेदकका अनुसार, पौडेलको नियुक्ति राजनीतिक दलबाट सिधै गरिएको हो, जुन नेपाल राष्ट्र बैंक ऐन, २०५८ को विपरीत छ। यसैको आधारमा अधिवक्ताहरू अनन्तराज लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले रिट दायर गरेका छन्।

डा. पौडेल जेठ ६ गतेदेखि नेपाल राष्ट्र बैंकका गभर्नरको रूपमा नियुक्त भएका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको