नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले अस्वीकृत गरेका छन्।
गएको वैशाख पहिलो साता कार्यकारी निर्देशकको जिम्मेवारीबाट अलग हुने मनसायसहित भट्टले राजीनामा दिएका थिए। उनी गभर्नर पदका आकांक्षीमध्ये एक थिए र त्यही तयारीस्वरूप पदबाट अलग हुने निर्णय गरेका थिए। तर, त्यो बेलाका कामु गभर्नर नीलम ढुङ्गानाले पनि राजीनामा स्वीकृति दिएकी थिइनन्।
नयाँ गभर्नरको रूपमा नियुक्त भएका डा. पौडेलले अहिले उक्त राजीनामा अस्वीकृत गर्दै भट्टलाई राष्ट्र बैंकको गभर्नर कार्यालयमा तानेका छन्। हालसम्म आर्थिक अनुसन्धान विभागको नेतृत्व गरिरहेका भट्टलाई यही जेठ १२ गतेदेखि लागू हुने गरी गभर्नर कार्यालयमा जिम्मेवारी तोकिएको छ।
उनी कार्यरत विभागको नयाँ नेतृत्व डा. रामशरण खरेलले पाउने भएका छन्। कार्यकारी निर्देशक खरेललाई आर्थिक अनुसन्धान विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस