नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले अब नयाँ राजनीतिक यात्रा सुरु गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले नागरिक उन्मुक्ति पार्टीबाट अलग भएको जनाउँदै ‘नागरिक उन्मुक्ति नेपाल’ नामक नयाँ पार्टी गठन गरेको जानकारी दिएका छन्।
‘मलाई साथ दिने साथीहरू जोडिनु होला हिजो मसँग जोडिएका साथीहरू जोडिनु होला आजसम्म नागरिक उन्मुक्ति पार्टीको संरक्षकको भूमिका निर्वाह गर्न दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद’, उनले भनेका छन् । नाउपाभित्र आफूलाई समर्थन गर्ने व्यक्तिहरूलाई पनि नयाँ यात्रामा साथ लिएर अघि बढ्ने उनले स्पष्ट पारेका छन्। उनले भनेका छन् ,‘मेरो रन्जितासँग कुनै दुस्मनी छैन। मेरो दामोदरसँग कुनै दुस्मनी छैन । तपाईँहरूलाई धेरै धेरै धन्यवाद तपाइहरूसँग मेरो कुनै दुस्मनी छैन,मेरो दुस्मनी यो देशका राष्ट्रिय फटाहहरुसँग छ।’
संसद्मा राजीनामा दिएर पछि पुनः फर्किन चाहनेहरूसँग कुनै सम्झौता नहुने उनले प्रस्ट पारेका छन्। नयाँ दलले नयाँ सोच, भावना र राजनीतिक दृष्टिकोण स्थापित गर्ने उनको भनाइ छ। नागरिक उन्मुक्ति पार्टीलाई धन्यवाद व्यक्त गर्दै, रेशमलाल चौधरीले सबैलाई नागरिक उन्मुक्ति नेपालमा स्वागत गर्न आह्वान समेत गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस