Like us!
Follow us!
Connect us!
Watch us!

रेशम थारुलाई चुनाव लड्न नदिए देशमा चुनाव नै हुँदैन - रेशम चौधरी

अर्थ संसार

शुक्रबार, १४ कार्तिक २०८२, १५ : २२ मा प्रकाशित

रेशम थारुलाई चुनाव लड्न नदिए देशमा चुनाव नै हुँदैन - रेशम चौधरी

प्रस्तावित नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशम चौधरीले आफूसहित लक्ष्मण थारु र धनिराम चौधरीलाई आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न नदिए देशमै चुनाव हुन नसक्ने चेतावनी दिएका छन् । टिकापुर घटनामा आफूलाई षड्यन्त्रपूर्वक फसाइएको दाबी गर्दै उनले सिङ्गो थारु समुदायको विद्रोहलाई पन्छाएर कुनै हालतमा चुनाव सम्भव नहुने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार काठमाडौंमा आयोजना गरेको बृहत् राजनीतिक संवाद कार्यक्रममा बोल्दै चौधरीले यस्तो बताएका हुन्।

'देश परिवर्तन गर्ने हामी, संविधानमा अधिकार ल्याउनुपर्छ भनेर लड्ने हामी, अनि कलम चलाउनेले फैसला गरिदिने ?’, चौधरीले अदालतमाथि प्रश्न गर्दै भने, ‘अनि त्यो फैसलालाई हामीले मान्नुपर्ने ?’ 

उनले अगाडि भने, ‘रेशम थारु, धनिराम थारु र लक्ष्मण थारुले यो चुनावमा भाग लिन पाएनन् भने यो देशमा चुनाव नै हुन सक्दैन । केको चुनाव ? सिङ्गो समुदायको विद्रोहलाई पन्छाएर चुनाव हुन्छ ? नेपाली कांग्रेस एमाले र जेनजीको इतिहास के थियो ?’

चौधरीले जेनजीका साथमा नागरिकहरूको साथ रहेको भन्दै नआत्तिन आग्रह गर्दै जेनजीलाई फसाउन सक्नेतर्फ सचेत हुन आग्रह गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको