Like us!
Follow us!
Connect us!
Watch us!

रेशम चौधरीको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र

अर्थ संसार

बुधबार, २६ कार्तिक २०८२, १३ : ०९ मा प्रकाशित

रेशम चौधरीको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपालले दल दर्ताको प्रमाणपत्र पाएको  छ । कवीर सोपको अध्यक्षतामा रहेको र चुनाव चिन्ह जाँतो पाएको उक्त पार्टीले १३ कात्तिकमा दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो। आयोगले आवश्यक प्रक्रिया पूरा गरी बुधबार दल दर्ताको प्रमाणपत्र प्रदान गरेको हो।

यससँगै जेनजी आन्दोलनपछि दर्ता भएका राजनीतिक दलहरूको संख्या पाँच पुगेको छ। यसअघि हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनमुक्ति पार्टीबाट विभाजित राष्ट्रिय जनमुक्ति पार्टी र सीके राउतको जनमत पार्टीबाट फुटेको जनस्वराज पार्टी दर्ता भइसकेका थिए।

निर्वाचन आयोगका अनुसार हालसम्म दर्ता भएका राजनीतिक दलहरूको कुल संख्या १२६ पुगेको छ। नयाँ दल दर्ताका लागि निवेदन दिएका दलको संख्या २९ रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको