Like us!
Follow us!
Connect us!
Watch us!

रेशमको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश, उम्मेदवार हुन नपाउने

अर्थ संसार

आइतबार, २५ माघ २०८२, १७ : ५९ मा प्रकाशित

रेशमको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश, उम्मेदवार हुन नपाउने

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्न नपाउने भएका छन्। उनले दायर गरेको रिट निवेदनमाथि आइतबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनको पक्षमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।

कैलाली–१ का निर्वाचन अधिकृतले उनको उम्मेदवारी खारेज गरेपछि उक्त निर्णयविरुद्ध चौधरी सर्वोच्च अदालत पुगेका थिए। तर सर्वोच्च अदालतले निर्वाचन अधिकृतको निर्णयलाई यथावत् राख्दै उनको रिट निवेदन खारेज गरेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको