Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य घट्यो, चाँदीको बढ्दा कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

आइतबार, २९ भदौ २०८२, १० : ४३ मा प्रकाशित

सुनको मूल्य घट्यो, चाँदीको बढ्दा कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । गत शुक्रबार हालसम्मकै उच्च मूल्य कायम भएको सुन आज तोलामा ७०० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख १५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन तोलाको २ लाख १५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको २ हजार ५७० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी तोलाको २ हजार ५६५ रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको