Like us!
Follow us!
Connect us!
Watch us!

अनिश्चितकालका लागि स्थगित भयो काठमाडौं जिल्ला अदालत

अर्थ संसार

आइतबार, २९ भदौ २०८२, १७ : ३२ मा प्रकाशित

अनिश्चितकालका लागि स्थगित भयो काठमाडौं जिल्ला अदालत

काठमाडौं जिल्ला अदालत अनिश्चितकालका लागि बन्द गरिएको छ। भदौ २४ गते जेनजी आन्दोलनका क्रममा अदालतमा रहेका सबै मुद्दाका मिसिल, इजलास र फाँट जलेर पूर्ण रूपमा नष्ट भएपछि सेवा प्रवाह असम्भव भएको अदालतले आइतबार सार्वजनिक गरेको सूचनामा उल्लेख छ।

अदालतका अनुसार हालको अवस्थामा कुनै पनि सेवा उपलब्ध गराउन सकिने अवस्था नरहेकोले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सम्पूर्ण कार्य स्थगित गरिएको हो। साथै, यस निर्णयले सेवाग्राही र सरोकारवालामा पर्न गएको असुविधाप्रति अदालतले दुःख व्यक्त गरेको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको