नेपालकाे नयाँ महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सबिता भण्डारी बराल नियुक्त भएकी छिन्।
आइतबार राष्ट्रपति भवन शीतलनिवासले सार्वजनिक गरेको विज्ञप्ति अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा भण्डारीलाई यो पदमा नियुक्त गरेका हुन्।
नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्ताको नियुक्ति हुने व्यवस्था छ। सोही प्रावधानअनुसार प्रधानमन्त्रीको सिफारिसपछि राष्ट्रपति पौडेलले भण्डारीलाई मुलुकको सर्वोच्च कानूनी सल्लाहकारको जिम्मेवारी सुम्पिएका हुन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस