नेपाल र वेस्ट इन्डिजविरुद्धको टि–२० अन्तर्राष्ट्रिय सिरिजलाई “युनिटी कप” नामकरण गरेको छ।
क्यानले एक विज्ञप्ति जारी गर्दै खेलकुदले समाजलाई एकजुट बनाउन सक्ने शक्तिमा विश्वास राख्दै आगामी सिरिजलाई एकताको सन्देशसहित अघि बढाउने जनाएको हो।
शारजाहमा हुने यस टि–२० सिरिजमा नेपालले दुई पटकको टि–२० विश्वकप विजेता वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ। क्यानले यस प्रतियोगितामार्फत नेपाली क्रिकेटले मुलुकलाई अझ सशक्त, दृढ र एकताबद्ध बनाउन सघाउने विश्वास व्यक्त गरेको छ।
गत हप्ताको आन्दोलन तथा घटनाक्रममा ज्यान गुमाएका सर्वसाधारणप्रति श्रद्धाञ्जली अर्पण गर्दै क्यानले यो सिरिजलाई उनीहरूको सम्झनामा समर्पण गरिएको स्पष्ट पारेको छ।
क्यानका अनुसार खेलकुदमार्फत दुःख र पीडाबाट गुज्रिरहेका नेपाली समाजलाई आशा, जोश र उत्साह दिनु नै यस सिरिजको मुख्य उद्देश्य हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस