जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउने आदेश दिएको आरोपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गरिएको छ।
पूर्वप्रतिनिधिसभा सदस्य तथा कांग्रेस सांसद अभिषेक प्रताप शाहले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत जाहेरी महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा दर्ता गरेका हुन्। जाहेरीमा गोली चलाउन आदेश दिने काम ओलीकै भएको दाबी गर्दै घटनामा १७ देखि ४५ वर्ष उमेर समूहका एक दर्जनभन्दा बढी युवाको मृत्यु र कैयौं घाइते भएको उल्लेख छ।
ओलीलाई जघन्य अपराधको अभियोग लगाउँदै घटनाको गहिरो अनुसन्धान गरी प्रमाणसहित कानुनी कारबाही गर्न र शव परीक्षण रिपोर्ट तथा घटनास्थल मुचुल्का प्रमाणका रूपमा पेश गर्न माग गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी तामाङले उक्त जाहेरीलाई आवश्यक प्रक्रिया पूरा गर्दै सम्बन्धित निकायमा पठाइने बताएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस