Like us!
Follow us!
Connect us!
Watch us!

माओवादीले भन्यो संलग्न देखिए आफ्ना कार्यकर्तामाथि पनि कारबाही होस्

अर्थ संसार

आइतबार, २९ भदौ २०८२, १९ : २२ मा प्रकाशित

माओवादीले भन्यो संलग्न देखिए आफ्ना कार्यकर्तामाथि पनि कारबाही होस्

नेकपा (माओवादी केन्द्र) ले हाल जारी आन्दोलनमा लोकतन्त्र र गणतन्त्रविरोधी तत्वहरू घुसेर ध्वंसात्मक गतिविधि मच्चाएको आरोप लगाउँदै ती घटनाप्रति कडा आपत्ति जनाएको छ। पार्टीले जारी गरेको विज्ञप्तिमा यसले आन्दोलनको मूल उद्देश्य र छवि नै धुमिल बनाएको उल्लेख छ।

विज्ञप्तिमा पार्टी अध्यक्ष प्रचण्ड, अन्य वरिष्ठ नेता, कार्यकर्ता तथा परिवारजनको घर, सम्पत्ति र कार्यालयमाथि तोडफोड तथा आगजनी भएको तथ्य सर्वविदित रहेको प्रष्ट पारिएको छ। माओवादी केन्द्रले यस्ता घटनाको कडा शब्दमा भर्त्सना गर्दै जनतासमक्ष वास्तविकता प्रष्ट भएको जनाएको छ।

पार्टीले आफ्नै कार्यकर्ता वा समर्थक संलग्न भएको प्रमाणित भए, कडा भन्दा कडा कारबाही गर्न तयार रहेको जनाएको छ। साथै सरकारले पनि प्रमाणसहित संलग्नहरूमाथि कडाभन्दा कडा कदम चाल्न आग्रह गरिएको छ।

पार्टी प्रवक्ता अग्नि सापकोटाले जारी गरेको विज्ञप्तिमा केही समूहले माओवादी कार्यकर्ता संलग्न भएको भन्दै निराधार हल्ला फैलाइरहेको गम्भीर ध्यानाकर्षण गरिएको छ। विज्ञप्तिमा जनतालाई भ्रममा नपरी यस्ता दुष्प्रचारविरुद्ध सचेत रहन अनुरोध गरिएको छ।

68c6c588c3fa7.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको