Like us!
Follow us!
Connect us!
Watch us!

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा आवेदन दिने म्याद थप

अर्थ संसार

सोमबार, ३० भदौ २०८२, १० : २२ मा प्रकाशित

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा आवेदन दिने म्याद थप

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने अवधि २ दिन थप गरेको छ।

कम्पनीले भदौ २५ गते निष्काशन बन्द गरेपनि सो दिन देशमा उत्पन्न विषम परिस्थितिले गर्दा दरखास्त लिन बाधा पुगेको र उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको आग्रहलाई ध्यानमा राख्दै भदौ ३० गते र ३१ गते आवेदन दिने अवधि थप गरेको बताएको छ।

कम्पनीले जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो।जसमध्ये जारी पूँजीको १ प्रतिशत अर्थात १ करोड ६३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १ लाख ६३ हजार १२५ कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको थियो ।  सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको