Like us!
Follow us!
Connect us!
Watch us!

कस्तो छ देशको वर्तमान आर्थिक स्थिति ?

अर्थ संसार

मंगलबार, ३१ भदौ २०८२, १० : ४९ मा प्रकाशित

कस्तो छ देशको वर्तमान आर्थिक स्थिति ?

आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा नेपालका विभिन्न आर्थिक सूचकाङ्कहरूले अर्थतन्त्रमा सकारात्मक प्रगति भइरहेको संकेत गरेका छन्। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार, उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित वार्षिक मुद्रास्फीति १.६८ प्रतिशतमा रहेको छ ।जुन गत वर्षकै सोही समयमा रहेको ४.०९ प्रतिशतको तुलनामा निकै कम हो। त्यसैगरी, विदेशी विनिमय भण्डार साउन महिनाको अन्त्यसम्म २८ खर्ब ६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यसको मूल्य २० अर्ब ३ करोडको हाराहारीमा रहेको छ, जसले नेपाललाई करिब १६.६ महिनासम्मको वस्तु तथा सेवा आयात गर्न सक्ने स्थिति बनाएको छ। 

नेपाल राष्ट्र बैंकमा २५ खर्ब ११ अर्ब ४५ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चित छ भने बैंक तथा वित्तीय संस्थाहरूमा थप २ खर्ब ९४ अर्ब ५८ करोड रुपैयाँ विदेशी विनिमय रहेको छ। चालु खाता ७८ अर्ब १४ करोड रुपैयाँ र शोधनान्तर स्थिति ८९ अर्ब ३० करोड रुपैयाँ बचतमा रहेका छन्।

विप्रेषण प्रवाहमा पनि उल्लेखनीय वृद्धि भएको छ। साउन महिनामा २९.९ प्रतिशतले वृद्धि भई १ खर्ब ७७ अर्ब ४१ करोड पुगेको छ भने अमेरिकी डलरमा आधारित रेमिट्यान्स २५ प्रतिशतले बढेको छ। वाणिज्य गतिविधिमा निर्यात ९५.७ प्रतिशत र आयात ११.४ प्रतिशतले वृद्धि भएको छ। साउन महिनामा खर्च ४६ अर्ब ३१ करोड रुपैयाँ भएको छ भने राजस्व संकलन ८४ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ।

साउनमा निक्षेप ०.८ प्रतिशतले घटेको छ भने कर्जा ०.१ प्रतिशतले कम भएको छ। तथापि, वार्षिक आधारमा निक्षेप र कर्जामा क्रमशः १२.५ र ८ प्रतिशत वृद्धिदर देखिएको छ। अन्तरबैंक कारोबारमा भारित औसत व्याजदर २.७५ प्रतिशत रहेको छ भने ट्रेजरी बिलको ब्याजदर २.६५ प्रतिशत कायम छ। वाणिज्य बैंकहरूको निक्षेप र कर्जाको औसत ब्याजदर क्रमशः ४.०२ र ७.७६ प्रतिशत रहेका छन्।

पूर्णपाठ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको