Like us!
Follow us!
Connect us!
Watch us!

बुक–क्लोज असोज ८ मा, कामना सेवा बैंकका शेयरधनीले लाभांश पाउने

अर्थ संसार

बुधबार, ०१ असोज २०८२, ०८ : ०३ मा प्रकाशित

बुक–क्लोज असोज ८ मा, कामना सेवा बैंकका शेयरधनीले लाभांश पाउने

कामना सेवा विकास बैंक लिमिटेड ले आफ्नो १९औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंकको साधारण सभा आगामी असोज २४ गते, शुक्रबार, काठमाडौँको नक्सालस्थित भगवती बहालमा रहेको लिसारा रिसेप्शनमा बिहान ११ बजे सुरु हुने भएको छ।

लाभांश प्रस्ताव

गत आर्थिक वर्षको मुनाफाबाट बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव सभामा पेस गरिनेछ।

अन्य एजेन्डा

साधारण सभामा प्रस्तुत हुने अन्य प्रस्तावहरूमा—

  • प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने,

  • संस्थापक तर्फबाट ३ जना र सर्वसाधारण तर्फबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने,

  • आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका विषयहरू समावेश छन्।

बुक–क्लोज मिति

लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि बैंकले असोज ८ गते एक दिन बुक–क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार असोज ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको