एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा ब्याजमा ५० प्रतिशतसम्म छुट दिने भएको छ । कम्पनीले बुधबार एक सूचना जारी गर्दै कम्पनीबाट जारी गरिएका बीमालेखअन्तर्गत २०८२ भदौ मसान्तसम्म बीमशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका (पूर्ण व्यतित भएका) बीमालेखहरु असोज १ गतेदेखि कात्तिक २५ गतेभित्र पुनर्जागरण बीमितलाई लाग्ने ब्याजमा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो ।
सूचना अनुसार कम्पनीले ५ वर्षदेखि माथिको व्यतित बीमालेख पुनर्जागरण गर्दा कम्पनीले ब्याजमा ५० प्रतिशत छुट दिनेछ । साथै, २ वर्षदेखि ५ वर्षभन्दा कम अवधिको व्यतित बीमालेख पुनर्जागरणा गर्दा बीमितले ब्याजमा २५ प्रतिशत छुट पाउनेछन् । दुई वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै पनि छुट प्रदान नगरिने कम्पनीले जनाएको छ । एकपटक ब्याज छुट लिइसकेका बीमितलाई पुनः ब्याज छुट प्रदान नगरिने पनि कम्पनीले स्पष्ट पारेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस