Like us!
Follow us!
Connect us!
Watch us!

पियोर इनर्जीको स्थगित साधारणसभा असोज ७ गते हुने

अर्थ संसार

आइतबार, २९ भदौ २०८२, १० : ३५ मा प्रकाशित

पियोर इनर्जीको स्थगित साधारणसभा असोज ७ गते हुने

पछिल्लो अवस्थाका कारण रोकिएको पियोर इनर्जी लिमिटेडको वार्षिक साधारण सभाको मिति घोषणा भएको छ । अब कम्पनीको साधारणसभा असोज ७ गतेका लागि आह्वान गरिएको हो । 

यस अघि साउन २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भदौ २४ गतेका लागि ८ औँ वार्षिक साधारण सभा बोलाएको थियो । देशको विद्यमान अवस्थाका कारण सेयरधनीहरुको सुरक्षालाई मध्यनजर गर्दै भदौ २३ गते सूचना जारी गरी सभा स्थगित गरिएको थियो ।

सभा असोज ७ गते काठमाडौंको आनन्द भूमि इभेन्ट्समा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा पेश गरिने आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै उक्त आवका वित्तीय विवरणहरु पारित गरिनेछ । यस्तै सभामा आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ ९ गते एक दिनका लागि बुक क्लोज गरिसेको छ । यसर्थ भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै उक्त सभामा सहभागी हुन योग्य हुनेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको