Like us!
Follow us!
Connect us!
Watch us!

ओरियन्टल होटल्सले साधारण सभा बोलायो, रिनोभेशनका लागि हकप्रद ल्याउने तयारी

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, ०७ : ५० मा प्रकाशित

ओरियन्टल होटल्सले साधारण सभा बोलायो, रिनोभेशनका लागि हकप्रद ल्याउने तयारी

ओरियन्टल होटल्स लिमिटेडले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको २८औँ वार्षिक साधारण सभा असोज ३१ गते, शुक्रबार, ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजना हुने भएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ।

हकप्रद सेयर प्रस्ताव

सभामा हाल कायम चुक्ता पूँजीको २६.६३ प्रतिशत बराबर हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेस गरिनेछ। यसको अर्थ, सेयरधनीले हालका १ कित्ता सेयर बराबर ०.२६६३ कित्ता नयाँ सेयर पाउनेछन्। हकप्रद बिक्रीबाट उठ्ने रकम होटलको परिसर रिनोभेशनमा खर्च गर्ने योजना कम्पनीले अघि सारेको छ।

अन्य प्रस्ताव

साधारण सभाले कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ। साथै, सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकको निर्वाचन गर्ने र एक जना स्वतन्त्र सञ्चालक नियुक्त गर्ने एजेन्डा पनि सभामा प्रस्तुत हुनेछ।

बुकक्लोज मिति

सभाको प्रयोजनका लागि होटलले असोज २ गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार असोज १ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्रै सभामा सहभागिता जनाउन पाउनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको