Like us!
Follow us!
Connect us!
Watch us!

कालिका लघुवित्तको ३९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, ०१ असोज २०८२, १० : २६ मा प्रकाशित

कालिका लघुवित्तको ३९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ३९ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको ३९ हजार ४२० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि ३५ दिने सूचना जारी  गरेर विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको भएपनि विद्यमान संस्थापकहरुबाट कुनै पनि लिखित आवेदन नपरेपछि आम सर्वसाधारणलाई सेयर बिक्री गर्न लागिएको हो ।

सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको