Like us!
Follow us!
Connect us!
Watch us!

च्याम्पियन्स लिग फुटबल : सिटी र बार्साको विजयी सुरुवात

अर्थ संसार

शुक्रबार, ०३ असोज २०८२, ०८ : ०८ मा प्रकाशित

च्याम्पियन्स लिग फुटबल : सिटी र बार्साको विजयी सुरुवात

म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ । सिटीले नापोलीलाई २–० ले पराजित गरेको हो । 

सिटीका लागि पहिलो गोल ५६ औँ मिनेटमा एर्लिङ हालान्डले गरे । योसँगै च्याम्पियन्स लिगमा हालान्डको ५० गोल पूरा भएको छ । दोस्रो गोल ६५औँ मिनेटमा जेरमी डोकुले गरे ।

त्यस्तै अन्य खेलमा बार्सिलोनाले न्युक्यासल युनाइटेडलाई २–१ ले हरायो । बार्सिलोनाका लागि मार्कस राशफोर्डले ५८औँ र ६७औँ मिनेटमा गोल गरे भने न्यूक्यासलका एन्टोनी गोर्डनले ९०औँ मिनेटमा एक गोल फर्काए ।

त्यस्तै अर्को खेलमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीले घरेलु मैदानमा काइराट आल्माटीलाई ४–१ ले पराजित ग¥यो । जर्मन क्लब फ्रान्कफर्टले गलातासारेमाथि ५–१ को फराकिलो जित निकाल्यो ।

डेन्मार्कमा एफसी कोपेनहेगन र बायर लेभरकुसेनबीचको खेल २–२ को बराबरीमा टुंगियो । बेल्जियमको क्लब ब्रुगले मोनाकोलाई ४–१ ले हराउँदै प्रतियोगितामा बलियो सुरुवात ग¥यो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको