Like us!
Follow us!
Connect us!
Watch us!

संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्छ - प्रचण्ड

अर्थ संसार

शुक्रबार, ०३ असोज २०८२, १० : ०२ मा प्रकाशित

संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्छ - प्रचण्ड

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विद्यमान संविधानलाई संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली ल्याउन सकिने बताएका छन्। संविधान दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०७२ सालमा संविधान बनाउँदा माओवादीले राखेको फरक मत अहिले सम्बोधन गर्नुपर्ने समय आएको उल्लेख गरे।

त्यस समयमा आफूहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने माग राखेको स्मरण गराउँदै प्रचण्डले अहिलेको जेनजी आन्दोलनले त्यही मागलाई पुनः पुष्टि गरिदिएको बताए। त्यसबेला ठूला भनिएका दलहरू कांग्रेस र एमालेले जेनजी आन्दोलनले उठाएका मुद्दाहरू संविधानमा समेट्न नदिएको आरोप लगाउँदै उनले अहिले उक्त आन्दोलनले ती विषयहरू संविधान संशोधनमार्फत सम्बोधन गर्नुपर्ने आधार तयार पारेको धारणा राखे।

संविधान बनाउँदा नै माओवादीले राखेको फरक मतलाई समेटेको भए अहिलेको परिस्थित नआउने बताउँदै प्रचण्डले भने, ‘राजनीतिक स्थायीत्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति आवश्यक छ भनकै हो । बहस भयो । सहमति भएन । त्यसमा सहमति भएको भए अहिले अर्कै परिस्थिति हुन्थ्यो । जेनजीले आन्दोलन गर्नु पर्थेन् । यति ठूलो क्षति हुनेथिएन ।

प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र पहिचानका विषय ठीक थिए भन्ने जेनजी आन्दोलनले पुष्टि गरेको दोहोर्‍याउँदै प्रचण्डले संविधानलाई संशोधन गरेर जानु पर्ने धारणा राखेका हुन् । ‘हामीले संविधान बनाउँदा भिन्न मत राखेका थियौं । जेनजीको आन्दोलनले फेरि पुष्टि गरेको छ, ती मत सही थिए’, उनले भने, ‘१० वर्षपछि पुन संशोधन गरेर त्यो ठाउँमा पुग्न सकिन्छ भन्ने आधार बनेको देख्छु म । त्यसलाई कार्यान्वयन गर्न अगाडि बढ्नुपर्छ ।’

कार्यक्रममा अध्यक्ष प्रचण्डले अहिलेका ठूला भनिएका दलहरूको अहंकारकै कारण देश यस्तो गम्भीर अवस्थामा पुगेको टिप्पणी गर्दै, संविधान बनाउने बेला उनीहरूले कुनै गम्भीरता वा चिन्ता नदेखाएको आरोप लगाए।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको