हेरी केनले सिजनको दोस्रो ह्याट्रिक पूरा गरेपछि बुन्डेसलिगामा बायर्न म्युनिखले हाँफेनहाइमलाई ४–१ ले हराएको छ । शनिवारको जितससँगै बायर्नले शतप्रतिशत सुरुवात कायम राखेको छ। ३२ वर्षीय इंग्ल्याण्ड कप्तान केनले पहिलो हाफको अन्त्यतिर गोल गर्दै खाता खोले ।
उनले ५२औँ मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल थपे । ७१औँ मिनेटमा अर्को पेनाल्टी गोलमा ह्याट्रिक पूरा गरे। यो उनको बुन्डेसलिगामा नवौं ह्याट्रिक हो । यो सिजन बायर्नका लागि ७ खेलमै केनको १३औँ गोल हो ।
हाँफेनहाइमका भ्लादिमिर कौफलले ८२ औङ फ्रि–किकमार्फत एक गोल फर्काए। इन्ज्युरी समयको नवौं मिनेटमा सर्ज ग्नाब्रीले चौथो गोल गर्दै बायर्नको जित सुनिश्चित गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस