Like us!
Follow us!
Connect us!
Watch us!

प्रिमियर लिगमा युनाइटेड र फुलहम विजयी

अर्थ संसार

आइतबार, ०५ असोज २०८२, ०८ : ५१ मा प्रकाशित

प्रिमियर लिगमा युनाइटेड र फुलहम विजयी

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि २–१ को जित निकालेको छ । ओल्ड ट्राफोर्डमा भएको खेलको पाँचौं मिनेटमा नै चेल्सी १० खेलाडीमा सिमित भयो। गोलरक्षक रॉबर्ट सांचेजलाई रेड कार्ड पाएका थिए ।

३०औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेस गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। यो गोल उनको युनाइटेडका लागि एस सयौँ गोल हो । ६०औँ मिनेटमा केसेमीरो ले हेडमार्फत दोस्रो गोल थप्दै अन्तर २–० बनाए। तर केही बेरमै उनले दोस्रो पहेँलो कार्ड खाँदै मैदान बाहिरिनुप¥यो। त्यसपछि दुबै टोली १० खेलाडीमा सीमित भए ।

८०औँ मिनेटमा ट्रेवोह चालोबह ले हेडरमार्फत गोल फर्काए। त्यसपछि अन्तिम क्षणसम्म चेल्सीले बराबरी खोजे पनि युनाइटेडले खेललाई नियन्त्रणमा राख्दै जित निश्चित ग¥यो। युनाइटेड ७ अंकसहित दसौं स्थानमा उक्लिएको छ। ८ अंक जोडेको चेल्सी छैंटौं स्थानमा छ।

फुलहमको पुनरागमन जित

फुलहमले ब्रेन्टफोर्डमाथि ३–१ को जित दर्ता गरेको छ । खेलको २०औँ मिनेटमा मिकेल डाम्सगार्डले ब्रेन्टफोर्डका लागि अग्रता दिलाए । तर ३८औँ मिनेटमा एलेक्स आइओबी ले बराबरी गोल गर्दै फुलहमलाई खेलमा फर्काए ।

४० मिनेटमा ह्यारी विल्सनले गोल गरेपछि फुलहमले पहिलो हाफमा २–१ को अग्रता लियो । ५० औं मिनेटमा ब्रेन्टफोर्डका इथन पिन्नक ले आत्मगोल गरेपछि फुलहम ३–१ ले विजयी भयो । ८ अंकसहित फुलहम आठौं स्थानमा छ। १७ औं स्थानमा रहेको ब्रेन्टफोर्डको ४ अंक छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको