नेपाली बजारमा आज फेरि सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । आज सुन तोलामा १ हजार १०० रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम गरेको हो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ हला १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ४० रुपैयाँले बढेर २ हजार ६२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाका २ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस