Like us!
Follow us!
Connect us!
Watch us!

हर्क साम्पाङले कालीमाटी प्रहरी वृत्त सरसफाइ गर्ने

अर्थ संसार

मंगलबार, ०७ असोज २०८२, १० : १७ मा प्रकाशित

हर्क साम्पाङले कालीमाटी प्रहरी वृत्त सरसफाइ गर्ने

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङका समर्थकहरूले कालीमाटी प्रहरी वृत्तमा सरसफाइ र रंगरोगन गर्ने भएका छन्।

गत भदौ २३ गते काठमाडौंमा जेनजी पुस्ताद्वारा आयोजित भ्रष्टाचारविरोधी आन्दोलनमा सरकारले बल प्रयोग गर्दा १९ जनाको मृत्यु भएको थियो। त्यसको भोलिपल्ट आक्रोशित प्रदर्शनकारीहरूले प्रहरी कार्यालय, सरकारी निकायहरू तथा नेताहरुका निवासहरूमा तोडफोड र आगजनी गरेका थिए।

उक्त आन्दोलनका क्रममा कालीमाटी प्रहरी वृत्त पनि तोडफोड र आगजनीको चपेटामा परेको थियो, जसका कारण त्यहाँ प्रहरी बस्नसमेत नसक्ने अवस्था सिर्जना भएको थियो। यही अवस्थालाई ध्यानमा राख्दै मेयर साम्पाङका समर्थकहरूले स्वस्फूर्त रूपमा सहयोग संकलन गरेर प्रहरी वृत्तको सरसफाइ र रंगरोगनको अभियान थालेका हुन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको