Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकका ग्राहकलाई लन्डन ब्रिज गार्डेन रिसोर्टमा छुट

अर्थ संसार

मंगलबार, ०७ असोज २०८२, १४ : ४२ मा प्रकाशित

एनआईसी एशिया बैंकका ग्राहकलाई लन्डन ब्रिज गार्डेन रिसोर्टमा छुट

एनआईसी एशिया बैंकका ग्राहकहरूले नवलपरासी बर्दघाटको लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट पाउने भएका छन्। यसका लागि एनआईसी एशिया बैंक र रिसोर्टबीच सम्झौता भएको छ भने उक्त सम्झौता अनुसार रिसोर्टबाट सेवा लिएर डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाइँनेछ।

यसका लागि ग्राहकले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंकिङ एप मार्फत् भुक्तानी गर्नुपर्ने छ।

उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको