बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । अघिल्लो दिन पनि कीर्तिमान कायम भएको सुनको मूल्य आज पनि फेरि कीर्तिमान कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ हजार ३०० रुपैयाँले बढेर २ लाख २३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन तोलामा २ लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य २ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य २ हजार ६८० रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस