Like us!
Follow us!
Connect us!
Watch us!

‘बडा दशैं उपहार’का बहानामा ठगी धन्दा, नबिल बैंकको सावधानी अपनाउन आग्रह

अर्थ संसार

बुधबार, ०८ असोज २०८२, १३ : ५० मा प्रकाशित

‘बडा दशैं उपहार’का बहानामा ठगी धन्दा, नबिल बैंकको सावधानी अपनाउन आग्रह

नबिल बैंकले आफ्ना ग्राहकहरूलाई नक्कली वेबसाइट र सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक सूचनाप्रति सतर्क रहन आग्रह गरेको छ। बैंकका अनुसार केही नक्कली प्लेटफर्महरूले बैंकको नाम दुरुपयोग गरी पुरस्कार लगायतका झूटा आर्थिक प्रलोभन देखाउँदै ठगी तथा फिसिङ गर्ने प्रयत्न गरिरहेका छन्।

 बैंकले यस्ता भ्रामक सूचना वा वेबसाइटहरूमा विश्वास नगर्न आग्रह गर्दै कुनै पनि जानकारीका लागि केवल आफ्नो आधिकारिक वेबसाइट www.nabilbank.com र nbank.nabilbank.com मा मात्र भरोसा गर्न ग्राहकहरूलाई अनुरोध गरेको छ।

अत्यावश्यक परेमा बैंकको ग्राहक सेवा केन्द्र ०१-५९७००१५ वा [email protected] मा सम्पर्क गर्न सकिने जानकारी पनि बैंकले दिएको छ।

पछिल्लो समय सामाजिक सञ्जालमा नबिल बैंकको नाम प्रयोग गरी बडा दशैंको उपहारको नाममा विभिन्न लिङ्क सेयर  गरिएको देखिएको छ। यस्ता लिङ्कमा क्लिक गर्दा ग्राहकका बैंक खाता लगायतका गोप्य जानकारीहरू असुरक्षित हुन सक्ने जोखिम रहेको छ।

 

68d3a722d98c7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको