आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको सुनको मूल्य आज घटेको हो ।
बिहीबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले घटेको हो ।
आज सुन तोलाको २ लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा २ लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा २ हजार ६८५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा २ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस