Like us!
Follow us!
Connect us!
Watch us!

शिक्षामन्त्री महावीर पुनको आह्वान : “कुहिएका नेताहरू हटाएर स्वच्छ युवा नेताहरू ल्याउनुस्”

अर्थ संसार

शुक्रबार, १० असोज २०८२, ०७ : ५२ मा प्रकाशित

शिक्षामन्त्री महावीर पुनको आह्वान : “कुहिएका नेताहरू हटाएर स्वच्छ युवा नेताहरू ल्याउनुस्”

शिक्षामन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत नेपाली जनतालाई भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र मुलुकलाई आर्थिक रूपमा सम्पन्न बनाउन संगठित रूपमा चुनावमा भाग लिन आह्वान गरेका छन्।

पुनले भनेका छन्, “भ्रष्टाचारलाई सकेसम्म कम गरेर सारा जनतालाई सुशासन दिने सरकार बनोस्, नेपाल आर्थिक रूपमा सम्पन्न बनोस्, विदेशीहरूले चलखेल गर्न नपाउन् र प्रत्यक्ष राष्ट्रपति चुन्ने व्यवस्था आओस् भन्ने सपना देख्ने सम्पूर्ण नेपालीहरूले योग्य, नैतिकवान र दृढ संकल्प भएका युवा जनप्रतिनिधिहरू छान्न तुरुन्त चुनावी तयारीमा लाग्नुपर्छ।”

उनले पुराना, अक्षम र भ्रष्ट नेताहरूलाई हटाएर स्वच्छ युवा नेताहरूमार्फत मात्र ठुलो परिवर्तन सम्भव हुने उल्लेख गरेका छन्। पुनको यो आह्वानलाई सामाजिक सञ्जालमा युवाहरूले सकारात्मक रूपमा स्वागत गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको