Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधिसभा बैठकमा महावीर - म अचम्मको सांसदको रूपमा आएको छु, निष्पक्ष रहन्छु

अर्थ संसार

विहीबार, १९ चैत्र २०८२, १६ : ०१ मा प्रकाशित

प्रतिनिधिसभा बैठकमा महावीर - म अचम्मको सांसदको रूपमा आएको छु, निष्पक्ष रहन्छु

प्रतिनिधि सभा सदस्य महावीर पुनले आफूलाई राजनीतिज्ञभन्दा पनि समाजसेवीको रूपमा चिनाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफ्नो पहिचान समाजसेवामै रहने स्पष्ट पारे।उनले सदनमा आफ्नो भूमिका पक्ष वा विपक्षमा सीमित नहुने उल्लेख गर्दै निष्पक्ष रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले भने, ‘म एउटा अचम्मको सांसदको रूपमा आएको छु, म फरक छु, बोल्ने काम गर्ने कुरा पनि फरक छ। म यो ठाउँमा आउनै पर्ने मान्छे हु।’

उनले आफू चुनाव लड्ने पक्षमा नभए पनि परिस्थितिवश चुनावमा होमिनुपरेको बताए। जेनजी आन्दोलनपछि आफूलाई किताब बेच्ने कामबाटै उठाएर शिक्षामन्त्री बनाइएको उल्लेख गर्दै उनले शिक्षा क्षेत्र सुधारका लागि नियमावली र अध्यादेश ल्याउन भरपुर प्रयास गरेको बताए।

तर ती प्रयास सफल हुन नसकेपछि उनले मन्त्री पदबाट राजीनामा दिएर चुनावमा होमिएको स्पष्ट पारे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको