Like us!
Follow us!
Connect us!
Watch us!

रकेट बनाउन सजिलो छ, बाँदर धपाउन सजिलो छैन - महावीर पुन

अर्थ संसार

विहीबार, ०७ जेठ २०८३, १५ : ०९ मा प्रकाशित

रकेट बनाउन सजिलो छ, बाँदर धपाउन सजिलो छैन  - महावीर पुन

स्वतन्त्र सांसद महावीर पुनले बाँदर नियन्त्रण गर्न सजिलो नभएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उनले बाँदर नियन्त्रण गर्ने प्रविधि अहिलेसम्म नपाएको बताए । सांसद पुनले सरकारले बाँदर नियन्त्रणको टिम गठन गर्दै गरेको त्यसमा आफूलाई पनि राख्न उनले आग्रह गरे ।

‘रकेट बनाउन सजिलो छ । रकेट बनाउने टेक्नोलोजी छ । तर बाँदरलाई भगाउने टेक्नोलोजी संसारभर छैन । मैले खोजेकै हो छँदै छैन । यसको लागि पाँच–सात करोड कति हुन्छ अनुसन्धानको लागि छुट्याउनुपर्छ,’ उनले भने । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको