Like us!
Follow us!
Connect us!
Watch us!

भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ - महावीर पुन

अर्थ संसार

मंगलबार, १० चैत्र २०८२, १० : २५ मा प्रकाशित

भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ - महावीर पुन

पूर्वशिक्षामन्त्री महावीर पुनले आगामी सरकारले पहिलो दिनदेखि नै नियमअनुसार भ्रष्टाचारीहरूलाई कडा कारबाही गर्दै उनीहरूलाई पुनः उठ्न नसक्ने गरी उजागर गर्नुपर्ने बताएका छन्।

सरकारले भ्रष्टाचार रोक्न नसके जनतालाई ठूलो धोका हुने र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि कालान्तरमा हराएर जाने पूर्वमन्त्री पुनको टिप्पणी छ ।

उनले लेखेका छन्,म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुनले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भ्रष्टाचारीहरूलाई कारबाही गर्दा नियम बाधक बने तत्काल नयाँ नियम बनाउनु पर्ने पनि बताएका छन् । ‘अब आउने रास्वपाको सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारीहरुलाई नियम पुर्‍याएर कहिल्यै उठ्न नसक्ने गरी नंग्याउनु पर्छ। नियमले छेक्यो भने तुरुन्त नयाँ नियम बनाउनु पर्छ । तीन महिनाभित्र जनताले सुशासनको अनुभुति गर्न सकुन्,’ उनले भनेका छन्, ‘भ्रष्टाचार र कुशासन हटाउन सरकारलाई मैले पूर्ण सहयोग गर्नेछु ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको