भारतले वेस्ट इन्डिजविरुद्धको दुई टेस्टको सिरिजका लागि आफ्नो टोलिको घोषणा गरेको छ । इङ्ल्यान्ड भ्रमणमा रहेका केही खेलाडीलाई हटाएर केहीलाई थप गर्दै भारतले घरेलु सिरिजका लागि आफ्नो टोलि घोषणा गरेको हो ।
यो सिरिजमार्फत शुभमन गिलले पहिलो पटक घरेलु मैदानमा कप्तानी गर्नेछन् । घोषित टोलीमा रवीन्द्र जाडेजालाई उपकप्तान बनाइएको छ । नियमित उपकप्तान ऋषभ पन्त खुट्टाको चोटका कारण बाहिर रहेपछि जाडेजाले उक्त भूमिका निभाउने भएका हुन् । इङ्ल्यान्ड भ्रमणमा निराशाजनक प्रदर्शन गरेका करुण नायर टोलीबाट बाहिरिएका छन् । त्यस्तै, अघिल्लो सिरिजमा टोलिमा रहेका अभिमन्यु ईश्वरनले पनि स्थान बनाउन असफल भए । तर, दुलीप ट्रफी र अस्ट्रेलिया ‘ए’ विरुद्ध राम्रो प्रदर्शन गरेपछि देवदत्त पाडिकल टोलीमा फर्किएका छन् ।
यसबीच सबै अड्कलबाजीलाई गलत साबित गर्दै जसप्रित बुमराह टोलीमा फर्किएका छन् । ‘वर्क लोड म्यानेजमेन्ट’को चिन्ता भए पनि उनले दुवै टेस्ट खेल्ने इच्छा व्यक्त गरेको आगरकरले जनाए । तर, एजबस्टनमा दोस्रो टेस्टमा १० विकेट लिएर भारतलाई राहत दिलाए आकाशदीप सिंह भने १५ सदस्यीय टोलीमा पर्न सकेनन् ।
सिरिजको पहिलो टेस्ट अक्टोबर २ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा सुरु हुनेछ। दोस्रो टेस्ट अक्टोबर १० देखि अरुण जेटली स्टेडियममा खेलिनेछ ।
भारतको टोली :
शुभमन गिल (कप्तान), यशस्वी जैसवाल, केएल राहुल, साई सुदर्शन, देवदत्त पाडिकल, ध्रुव जुरेल (विकेटकिपर), रवीन्द्र जाडेजा (उपकप्तान), वाशिंगटन सुन्दर, जसप्रित बुमराह, अक्षर पटेल, नितिशकुमार रेड्डी, एन. जगदीशन (विकेटकिपर), मोहम्मद सिराज, कुलदीप यादव र प्रसिद्ध कृष्णा ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस