Like us!
Follow us!
Connect us!
Watch us!

एसीसी टी ट्वान्टी एसिया कप : भारत सुपर ओपरमा विजयी

अर्थ संसार

शनिबार, ११ असोज २०८२, ०७ : ३९ मा प्रकाशित

एसीसी टी ट्वान्टी एसिया कप : भारत सुपर ओपरमा विजयी

भारतले एसीसी टी ट्वान्टी एसिया कप २०२५ को सुपर फोर खेलमा सुपर ओभरमा श्रीलंकालाई हराएको छ । सुपर ओभरमा पुगेको खेलमा भारतल एक बलमा नै विजयी भएको हो । 

सुपर ओभरमा जितका लागि ३ रन बनाउनु पर्ने थियो । जहाँ भारतीय कप्तान सूर्य कुमार यादबले पहिलो बलमा नै ३ रन बटुल्दै जित लिदाए । भारतका शुभमन गिल र सूर्यकुमार यादव सुपर ओभरमा ब्याटिङ गर्न आएका थिए । यादवले वानिन्दु हसरंगा बलिङमा थिए । पहिलो बलमै सूर्यले तीन रन बटुल्दै जित पक्का गरे । श्रीलंकाले सुपर ओभरमा दाशुन शानका र कुशल परेरालाई पठाएको थियो । पहिलो बलमै कुशल परेरा रिंकु सिंहबाट क्याच आउट भए । कामिन्दु मेन्डिसले दोस्रो बलमा एक रन बटुले । तेस्रो बलमा डट आउट भए । त्यसपछि वाइड र चौथो बलमा दासुन शानका रन आउट भएका थिए । पाँचौं बलमा दाशुन शानका क्याच आउट भएपछि भारतले जितका लागि ३ रनको लक्ष्य पाएको थियो । 

यस अघि जितका लागि २०३ रनको विशाल लक्ष्य पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । अन्तिम ओभरमा श्रीलंकालाई जित्नलाई १२ रन चाहिँदा तीव्र गतिका बलर हर्षित रानाले ११ रन दिदै खेल सुपर ओभरमा पुर्याएका थिए ।
अन्तिम दुई बलमा ७ रन चाहिँदा दासुन शानकाले पाँचौं बलमा चौका र अन्तिम बलमा दुई रन बटुले । श्रीलंकाका ओपनर पाथुम निसांकाले ५८ बलमा ७ चौका र ६ छक्कासहित सर्वाधिक १०७ रनको शतकीय इनिङ खेलेपनि जित्नलाई पर्याप्त भएन । अन्तिम ओभरमा जित्नलाई १२ रन चाहिँदा उनी हर्षित रानाको पहिलो बलमै बरुण चक्रवर्तीबाट क्याच आउट भएका थिए । 

निसांकाले १७ औं ओभरको अन्तिम बलमा अर्शदीप सिंहलाई स्टेटमा छक्का हान्दै ५२ बलमा आफ्नो टी–२० आई करिअरको पहिलो शतक हानेका थिए । दाशुन शानका ११ बलमा २ चौका र १ छक्कासहित २२ रनमा क्रिजमा रहे । त्यस्तै कुशल परेरा पनि टोलिका लागि ५८ रनको योगदान दिए । भारतका हार्दिक पान्ड्या, अर्शदीप सिंह, कुलदीप यादव र बरुण चक्रवर्तीले १–१ विकेट लिए ।

त्यसअघि दुबई क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रन बनाएको थियो । भारतका ओपनर अभिषेक शर्माले सर्वाधिक ६१ रन बनाए । तिलक बर्माले ४९ तथा सञ्जु स्यामसनले ३९ रन बनाए । त्यस्तै अक्षर पटेलले २१ रन बनाए । श्रीलंकाका महेश थिक्सेना, दुश्मन्था चामिरा, वानिन्दु हसरंगा, दासुन शानका र चरिथ असलंकाले १–१ विकेट लिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको