Like us!
Follow us!
Connect us!
Watch us!

वेष्टइण्डिजमाथि नेपालको ऐतिहासिक जित

अर्थ संसार

आइतबार, १२ असोज २०८२, ०७ : ४२ मा प्रकाशित

वेष्टइण्डिजमाथि नेपालको ऐतिहासिक जित

नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलिले ऐतिहासिक जित निकालेको छ । दुवैमा भएको पहिलो टी–२० आई खेलमा नेपालले वेष्टइण्डिजमाथि १९ रनको ऐतिहासिक जित निकालेको हो । 

नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पहिलो पटक कुनैपनि टेस्ट टोलीलाई पराजित गरेको हो । वेष्टइण्डिज सन् २०१२ र २०१६ को टी २० विश्वकप विजेता टोली हो । यो जितसँगै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता लिएकोछ । जितका लागि १४९ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिजले २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन मात्रै बनाउन सक्यो । वेष्टइण्डिजका अमिर जांगोले १९ र नविन बिडैसीले सर्वाधिक २२ रन बनाए । 

जवेल एन्ड्यु ५, केसी कार्टी १६, नविन २२ र जेसन होल्डर ५ रनमा आउट भए । एक समय १६.३ ओभरमा ९४–७ को दयनीय अवस्थामा पुगेको वेष्टइण्डिजलाई कप्तान अकिल हुसेन र फबिएन एलेन अन्तिम आशाको रुपमा थिए ।  नेपालका कुशल भुर्तेलले २ विकेट लिए । दीपेन्द्रसिंह ऐरी करण केसी, नन्दन यादव, ललित राजवंशी र रोहित पौडेलले १–१ विकेट लिए । त्यसअघि शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ३८, कुशल मल्लले ३० र गुल्शन झाले २२ रन बनाएका थिए ।

वेष्टइण्डिजका मध्य गतिका बलर जेसन होल्डरले ४ विकेट लिए । स्पिनर नविन बिडैसीले ३ विकेट लिए । कप्तान अकिल हुसेनले १ विकेट लिए । नेपालले दोस्रो खेल सोमबार र तेस्रो खेल मंगलबार खेल्ने कार्यक्रम छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको