Like us!
Follow us!
Connect us!
Watch us!

महिलालाई रोजगारी दिएका उद्योगलाई विशेष सहुलियत

अर्थ संसार

आइतबार, १२ असोज २०८२, १२ : ११ मा प्रकाशित

महिलालाई रोजगारी दिएका उद्योगलाई विशेष सहुलियत

कम्तीमा १०० महिलालाई रोजगारी दिएर निर्यातमुखी उद्योग सञ्चालन गर्ने संस्थाहरूलाई न्यूनतम ब्याजदरमा कर्जा उपलब्ध गराइने भएको छ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको नयाँ एकीकृत निर्देशनअनुसार, कम्तीमा २५ प्रतिशत मूल्य अभिवृद्धि गरी कूल उत्पादनको २५ प्रतिशत हिस्सा निर्यात गर्ने उद्योगलाई इजाजत प्राप्त वित्तीय संस्थाले आफ्नो आधार ब्याजदरमा अधिकतम एक प्रतिशत बिन्दु प्रिमियम थपेर कर्जाको ब्याजदर निर्धारण गर्न सक्ने व्यवस्था गरिएको छ।

यस्तै, जेनजी पुस्ताका प्रदर्शनका क्रममा उत्पन्न असामान्य परिस्थितिबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा तिनमा कार्यरत कर्मचारीहरूलाई तलब भत्ता लगायतका सुविधाका लागि कर्जा प्रदान गर्दा, आधार दरमा अधिकतम ०.५० प्रतिशत प्रिमियम मात्र थप गर्न मिल्ने व्यवस्था गरिएको छ। त्यस्तो कर्जा एक वर्ष वा संस्था सञ्चालनमा आउन लाग्ने अवधिमध्ये जुन कम हुन्छ, उक्त अवधिसम्मका लागि प्रवाह गर्नुपर्नेछ । यसरी प्रवाह भएको कर्जामा लाग्ने ब्याजदरमा छ महिनाका लागि दुई प्रतिशत ब्याजदर सरकारबाट अनुदानमा प्राप्त हुनेछ । त्यस्तो कर्जाका लागि रोजगारदाता संस्थाले आगामी पुस मसान्तभित्रमा आवेदन दिनुपर्नेछ ।

जेनजी प्रदर्शनबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग, व्यवसायिक प्रतिष्ठानमा व्यवसायिक रूपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात ८० प्रतिशत कायम गर्न सकिने व्यवस्था गरिएको केन्द्रीय बैंकको एकीकृत निर्देशनमा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको