Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राद्वार सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा १ करोड सहयोग

अर्थ संसार

आइतबार, १२ असोज २०८२, २० : ३२ मा प्रकाशित

निफ्राद्वार सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा १ करोड सहयोग

सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेड (निफ्रा)ले एक करोड रुपैयाँ सहयोग गरेको छ । २३ र २४ भदौको आन्दोलनका क्रममा भौतिक संरचनामा व्यापक आगजनी र तोडफोड गरिएको थियो। सो क्रममा ठूलो क्षति भएकोमा त्यस्ता भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका लागि सरकारले कोष खडा गरेको हो ।

निफ्राले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ करोड सहयोग गरेको मन्त्रालयले जनाएको छ। सहयोग रकम बराबरको चेक बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको