Like us!
Follow us!
Connect us!
Watch us!

हर्क साम्पाङले पार्टी दर्ताको प्रक्रिया थाले, नाम ‘श्रम संस्कृति’, चिन्ह ‘माटो’

अर्थ संसार

आइतबार, १२ असोज २०८२, २० : ३६ मा प्रकाशित

हर्क साम्पाङले पार्टी दर्ताको प्रक्रिया थाले, नाम ‘श्रम संस्कृति’, चिन्ह ‘माटो’

 धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। असोज ७ गते आयोगमा दर्ता भएको निवेदनमा दलको नाम ‘श्रम संस्कृति पार्टी’ रहने उल्लेख छ। साम्पाङ स्वयं अध्यक्ष हुने गरी निवेदन पेश गरिएको आयोग स्रोतले जानकारी दिएको छ।

निर्वाचन आयोगमा निवेदन पुगेको विषय बाहिर आएलगत्तै मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत स्पष्ट पार्दै भनेका छन्, “निर्वाचन आयोगले सूचना सार्वजनिक गरिसकेको छ। हाम्रो पार्टीको नाम ‘श्रम संस्कृति पार्टी’ हो, चुनाव चिन्ह ‘माटो’ हो। कृपया भ्रम नफैलाउन र भ्रमित नहुन अनुरोध गर्दछु।”

आयोगले आवश्यक कागजात तथा विवरण पुरा भए/नभएको जाँच गर्ने बताएको छ। कमी–कमजोरी भेटिएमा सम्बन्धित पक्षलाई सच्याउन पत्राचार गर्ने प्रावधान छ। कानुनअनुसार, निवेदन दर्ता भएको मितिले ४५ दिनभित्र निर्णय टुंग्याउनुपर्ने व्यवस्था छ।

साम्पाङले स्थानीय तहमा फरक शैली र निर्णयका कारण लोकप्रियता पाएका थिए। अब उनी आफ्नै दलमार्फत राष्ट्रिय राजनीतिमा औपचारिक प्रवेश गर्ने तयारीमा देखिएका छन्। श्रम र संस्कृतिलाई नाममा समेटिएको उक्त दलले भविष्यमा कस्तो धारणा अघि सार्छ भन्नेमा राजनीतिक वृत्तमा चासो बढेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको