Like us!
Follow us!
Connect us!
Watch us!

म्याड्रिड डर्बी : रियलको सर्मनाक हार

अर्थ संसार

सोमबार, १३ असोज २०८२, ०९ : ४६ मा प्रकाशित

म्याड्रिड डर्बी : रियलको सर्मनाक हार

म्याड्रिड डर्बीमा रियल म्याड्रिडले नराम्रो पराजय भोगेको छ । एट्लेटिको म्याड्रिडले भने ७५ वर्षपछि पहिलोपटक शहर प्रतिद्वन्द्वी विरुद्ध एकै खेलमा ५ गोल गर्न सफल भयो । 

एट्लेटिकोले शनिवार भएको खेलमा ५–२ को जित निकाल्दै रियलको अपराजित यात्रामा पूर्णविराम लगाइदिएको छ । एट्लेटिकोले म्याड्रिड डर्बीमा कम्तीमा ५ गोल गरेको यो सहित चौथो पटक मात्र हो । यसअघि सन् १९५० नोभेम्बरमा भएको खेलमा एट्लेटिकोले रियललाई ६–३ ले हराएको थियो । यो सिजन रियलले पहिलो हार बेहोरेको छ । रियलले ला लिगाका सुरुवाती ६ खेल जितेका थियो । खेलमा डिएगो सिमियोनेको टोलीलाई रोबिन नर्मान्डले १४ औं मिनेटमा सुरुवाती अग्रता दिलाए । तर त्यसलाई रियलका किलियन एमबाप्पेले २५ औं मिनेटमा बराबरी र अर्दा गुलरका ३६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए ।

तर पहिलो हाफको इन्जुरी समयमा एलेक्जेन्डर सोर्लोथले गोल गर्दै खेललाई २–२ मा ल्याए । दोस्रो हाफमा घरेलु टोलीले खेलमा नियन्त्रण बनायो । जुलियन आल्भारेजले ५१ औं पेनाल्टीमा गोल गर्दै अग्रता दिलाए । उनले ६३ औं मिनेटमा उत्कृष्ट फ्रि–किकमार्फत अर्को गोल थपे । एट्लेटिकोले त्यसपछि रक्षात्मक खेल अपनायो । इन्ज्युरी समयको अन्तिम चरणमा एन्टोइन ग्रिजमनले टोलीको लागि पाँचौँ गोल गर्दै जित पक्का गरे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको