Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो टी–२० क्रिकेट आज, पूर्ण सदस्य राष्ट्र विरुद्ध सिरिज जित्ने मौका

अर्थ संसार

सोमबार, १३ असोज २०८२, १० : २६ मा प्रकाशित

नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो टी–२० क्रिकेट आज, पूर्ण सदस्य राष्ट्र विरुद्ध सिरिज जित्ने मौका

नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ । यो खेल संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा नेपाली सयम अनुसार राति सवा ८ बजे शुरू हुनेछ । 

यसअघि भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराउँदै ऐतिहासिक जीत हासिल गरेको नेपाललाई आजको खेल जित्दै आइसीसीको पूर्ण सदस्यराष्ट्र विरुद्धको सिरिज जित्ने अवसर पनि रहेको छ । 

वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता हो । त्यस्तै दुई पटक नै एकदिवसिय क्रिकेटको उपाधि पनि उसले जितेको छ । तीन खेलको ऐतिहासिक ‘युनिटी कप’ टी–२० शृङ्खला नेपालका लागि आईसीसी टी–२० विश्वकप एशिया छनोटको तयारीका रूपमा रहेको छ । शृङ्खलाको तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको