Like us!
Follow us!
Connect us!
Watch us!

एसिया कप जिते पनि किन उठाएन भारतले ट्रफी ?

अर्थ संसार

सोमबार, १३ असोज २०८२, ११ : २६ मा प्रकाशित

एसिया कप जिते पनि किन उठाएन भारतले ट्रफी ?

आइतबार राति भएको खेलमा भारतले पाकिस्तानलाई पराजित गर्दै एसिया कपको उपाधि उचाल्यो । प्रतियोगिताभर अपराजित रहेको एक मात्रै टोलि भारतले फाइनलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्‍यो । 

यो भारतको नवौं एसिया कप उपाधि थियो । तर, फाइनल जितेपछि हुने ट्रफी हस्तान्तरण समारोहमा भने विवाद उत्पन्न भयो । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नकवीको हातबाट भारतीय टोलीले ट्रफी लिन अस्वीकार गरेपछि परिस्थिती निकै गर्मायो । जसले गर्दा भारतले उपाधि जिते पनि ट्रफी नलिई मैदान छाड्यो ।

एसिया कप सुरु हुनु अघि नै भारत–पाकिस्तान खेललाई लिएर विवाद र जटिलता बढेको थियो । यी दुई टोलिले पछिल्लो समयमा आईसीसी र एसीसीका प्रतियोगितामा बाहेक अन्य समयमा एक आपसमा खेल खेल्ने गरेका छैनन् । भारतले पाकिस्तानसँग कुनै पनि खेल खेल्न नचाहेको सम्मका समाचारहरु आए पनि अन्ततः दुवै टिम प्रतियोगितामा तीन पटक आमनेसामने भए । जहाँ तीनै खेलमा भारतीय टोलीले जित निकाल्यो ।

यो कारणले फाइनलपछि पुरस्कार वितरण समेत ढिला भयो । भारतले नकवीको हातबाट ट्रफी लिन नमानेपछि पाकिस्तानका खेलाडीहरू पनि केही समय मैदान छाडेर ड्रेसिङ रुमतर्फ फर्केका थिए । केहीबेरमा उनीहरू फर्किए पनि नकवीले कुनै पुरस्कार खेलाडीलाई हस्तान्तरण गरेनन् । त्यसको जिम्मेवारी बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) का अध्यक्ष अमिनुल इस्लाम बुलबुलाई दिइयो । नकवी भने स्टेजमा उपस्थित मात्र रहे। अन्ततः व्यक्तिगत पुरस्कारहरू प्रदान गरिए पनि एसिया कपको मुख्य ट्रफी भारतीय टोलीको हातमा पुगेन । ट्रफी नलिई नै भारतका खेलाडीहरूले मैदान छाडेका थिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको