नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सुरु भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा सुरु भएको खेलमा नेपाली टोलीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।
आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ । नन्दन यादवको स्थानमा नेपालले आदिल आलमलाई खेलाएको छ । यसअघि भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनको ऐतिहासिक जित निकालेको थियो । जुन नेपालले आइसीसीको पूर्ण सदस्यराष्ट्र विरुद्धको पहिलो जित थियो । आजको खेलमा जित हासिल गरेको खण्डमा नेपालले पूर्ण सदस्य राष्ट्र विरुद्धको सिरिज जित्ने इतिहास समेत कायम गर्ने छ ।
वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता हो । त्यस्तै दुई पटक नै एकदिवसिय क्रिकेटको उपाधी पनि उसले जितेको छ । तीन खेलको ऐतिहासिक ‘युनिटी कप’ टी–२० शृङ्खला नेपालका लागि आईसीसी टी–२० विश्वकप एशिया छनोटको तयारीका रूपमा रहेको छ । सिरिजको तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस