बैंक तथा वित्तीय संस्थाहरुले दसैंमा पनि सेवा दिने भएका छन् । फूलपातीदेखि अधिकांश क्षेत्रमा दसैं बिदा सुरु भएको छ । तर, बैंकहरुले केही शाखा खोलेर सेवाग्राहीलाई सेवा दिने भएका छन् ।
दसैं बिदाको समयमा बैंकले आफ्नो शाखा तथा काउन्टर खुला गरेर सेवा दिने जनाएका हुन् । बैंकहरुले सूचना जारी गरेर दशैँ बिदामा खुला रहने शाखाका विषयमा जानकारी दिएका हुन् ।
बैंकहरुले सबै शाखा भने खोल्ने छैनन् । आफ्नो शाखा पुगेका प्रदेशमध्ये उपत्यकासहित विभिन्न प्रदेशका शाखा खोलेर सेवाग्राहीलाई सेवा दिने जनाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस