एक पछि अर्को सफलता हासिल गरेको नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलिलाई अर्को इतिहास कायम गर्ने मौका रहेको छ । वेष्टइण्डिज विरुद्धको तीन खेलको सिरिजका दुई खेलमा जित हासिल गरेको नेपालले तेस्रो खेलमा पनि जित हासिल गरेको खण्डमा आईसीसीको पूर्ण सदस्य राष्ट्र विरुद्ध सिरिज क्लिनस्वीपको इतिहास बनाउने भएको हो ।
आज हुने तेस्रो तथा अन्तिम खेलमा नेपालले जित हासिल गरेको खण्डमा यो उपलब्धि हासिल गर्ने छ । सोमबार भएको दोस्रो खेलमा ९० रनको फराकिलो जित सहित एक खेल अगावै नेपालले सिरिज जितिसकेको छ । अब आज हुने खेलमा नेपाल सिरिज क्लिनस्वीप गर्ने योजना सहित मैदानमा उत्रने छ । खेल नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुने छ ।
पहिलो खेलमा पनि नेपाल १९ रनले विजयी भएको थियो । आजको खेलमा नेपालले केही परिवर्तन पनि गर्न सक्ने छ । यो सिरिजका लागि गएका केही खेलाडीलाई आज मौका दिने सम्भावना देखिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस