पछिल्लो समय निकै खराब लयको सामना गरिरहेको म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी वायन रुनीले अहिलेका प्रशिक्षक रुबेन अमोरिममा परिस्थिति सुधार्ने क्षमता नरहेको बताएका छन् । उनले अहिलेका प्रशिक्षकसँग आफूलाई अहिलेको अवस्था सुधार गर्न सक्छन् भन्ने विश्वास नरहेको बताएका हुन् ।
शनिबार ब्रेन्टफोर्डसँग ३–१ को हारपछि अमोरिमले प्रिमियर लिगमा आफ्नो ३३ खेलमा जम्मा ३४ अंक मात्रै हासिल गरेका छन् र अझै लगातार जित दिलाउन सकेका छैनन् । युनाइटेडले गत सिजन ५१ वर्षकै सबैभन्दा खराब लिग खेलेको थियो। टोली १५औं स्थानमा रह्यो । यसै समरमा क्लबले ठूलो खर्च गर्दै म्याथ्युस कुन्हा, ब्रायन म्बेउमो र बेन्जामिन सेस्कोलाई अनुबन्ध गरेको थियो । तर, पछिल्लो हारपछि फेरि १४औं स्थानमै छ । युनाइटेडका सर्वकालीन उच्च गोलकर्ता समतिे रहेको रुनीले अहिले आफू खेल हेर्न जाँदा टोली हार्ने अपेक्षासहित जाने गरेको बताएका छन् ।
पाँच पटकको प्रिमियर लिग र एक पटकको च्याम्पियन्स लिग जितेका रुनीले अहिलेको क्लबलाई चिन्नै नसकेको बताए । ‘म खेलाडीहरूमा लडाइँ गर्ने भावना, चरित्र र जित्ने इच्छा देख्दिनँ । खेल हेर्न जाँदा लाग्छ हार्छजस्तो लाग्छ,’ उनले भने । इङ्ल्यान्डका पूर्वकप्तान रुनीका अनुसार सर एलेक्स फर्गुसनको नेतृत्वमा दुई दशकसम्म इङ्लिस फुटबलमा वर्चस्व जमाएको क्लबको संस्कृति अहिले हराइसकेको पनि बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस