वेष्टइण्डिज विरुद्धको तेस्रो तथा अन्तिम खेलमा नेपाल टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । यस अघिनै सिरिज जितिसकेको नेपालले आजको खेलमा वेष्टइण्डिजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।
अन्तिम खेलमा नेपालले टोलिमा तीन परिवर्तन गरेको छ । ओपनर आशिफ शेखको स्थानमा लोकेश बम, दिपेन्द्र सिंह ऐरिको स्थानमा आरिफ शेख र ललितराजबंशीको स्थानमा साहब आलम टिममा परेका छन् ।
यो सिरिजमा लगातार दोस्रो जित निकाल्दै नेपलले आईसीसीको पूर्ण सदस्य राष्ट्र विरुद्ध पहिलो पटक सिरिज जितको छ । आजको खेलमा जित निकाल्न सकेको खण्डमा क्लिनस्वीपको इतिहास समेत बनाउने छ ।
सोमबार भएको दोस्रो खेलमा ९० रनको फराकिलो जित सहित एक खेल अगावै नेपालले सिरिज जितिसकेको छ । पहिलो खेलमा पनि नेपाल १९ रनले विजयी भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस